अभियान लघुवित्त र कुमारी क्यापिटलबीच सम्झौता

Aviyan Laghubitta
  • बैंकिङ संसार
काठमाडौँ । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको छ । आइतबार एक कार्यक्रमका बीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट रोशन कुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनिहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौँ मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले ७ वटै प्रदेशका २१ जिल्लामा रहेको ६० वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले सर्वसाधारणलाई सेयर जारी गरे पश्चात चुक्ता पूँजी रु. २५ करोड रुपैयाँ पुर्याएको छ ।

प्रतिकृया दिनुहोस्