प्रतिबन्ध लगाएका वस्तुहरु आयात नगर्न केन्द्रिय बैंकको निर्देशन

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । केन्द्रिय बैंकले प्रतिबन्ध लगाइएका वस्तुहरुको आयात नगर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकद्धारा भदौ १३ गते प्रकाशित सूचनामा गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात र चोरी पैठारीमा पूर्ण रुपमा रोक लगाउन राष्ट्रबैंकले निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले तोकिएको वस्तुहरुको प्रतितपत्र नखोल्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

यसैगरी सरकारले वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध समय बढाएर असोज २८ सम्म पुर्याएको छ । भने चुरोट तथा सूर्तिजन्य उत्पादन, हिरा, ३०० डलर माथिका मोवाइल फोन, कुर्कुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, तास र सबै प्रकारका खेलौना आयातमा लगाएको प्रतिबन्ध भने खुला गरेको छ ।



प्रतिकृया दिनुहोस्