गोर्खाज फाइनान्सको वित्तिय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६७ पैसा

  • बैंकिङ संसार
काठमाडौँ । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा ३ करोड ३३ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । फाइनान्सले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गतवर्षको तुलनामा यसवर्ष १०१.०५ प्रतिशत बढी नाफा आर्जन गरेको जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, यसवर्ष भने फाइनान्सले सो को १०१.०५ प्रतिशत बढी नाफा आर्जन गरेको हो । समिक्षा अवधिमा फाइनान्सको सञ्चालन नाफामा पनि ७६.१९ प्रतिशतले वृद्धि भएको छ । योसँगै फाइनान्सको कुल सञ्चालन नाफा ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा फाइनान्सको खुद ब्याज आम्दानी ८ करोड ११ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, फाइनान्सको वितरणयोग्य नाफा ३२ लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

हाल गोर्खाज फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ भने जगेडा कोषमा ७२ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसाले बढेर १५ रुपैयाँ ३५ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६७ पैसा छ भने निष्किृय कर्जा अनुपात घटेर ७.४२ प्रतिशतमा कायम भएको छ ।

प्रतिकृया दिनुहोस्