एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

  • बैंकिङ संसार
काठमाडौँ । एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको कार्तिक ०२ गते बसेको ५७१ औं बैंठकले कार्तिक २ गते देखि नै लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो । 

नवनियुक्त सञ्चालक केशवप्रसाद लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका हुन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्ट्रेशनमा स्नातकोत्तरसम्म अध्ययन  गरेका उनी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएको थियो । 

बैंकको सेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा केशवप्रसाद लम्साललाई उनको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवारले हार्दिक बधाई दिएको छ ।

प्रतिकृया दिनुहोस्