नेपाल बैंक र दराजबीच सम्झौता, क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २०% छुट

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौँ । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच सम्झौता भएको छ । बैंकमा खाता रहेका ग्राहकहरुलाई बैंकको ८६ औं बार्षिकोत्सको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । यो योजना कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागु हुनेछ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ % वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु ३००० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई-कमर्सको लागि सक्रिय गर्नुपर्नेछ । हाल बैंकले नेपालभर २२१ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ । यहि कार्तिक ३० गते आउदै गरेको आफ्नो ८६ औं बार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै भब्य रुपमा मनाउने क्रममा डिजिटल बैंकिङ सेवाहरुमा आकर्षक छुटका योजनाहरु ल्याएको हो ।

प्रतिकृया दिनुहोस्