नेपाल लाइफ इन्स्योरेन्सको २२औं वार्षिक साधारण सभा सम्पन्न

Nepal life insurance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा मिति मंसीर ८ गते होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको छ । सभाले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तयि विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित समेत पारित गरेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

प्रतिकृया दिनुहोस्