गुराँस लघुवित्तद्वारा ४.२१ प्रतिशत लाभांश घोषणा

Gurans laghubitta

बैंकिङ संसार

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त गत वर्ष २०७८/७९ को नाफाबाट ४.२१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र गुराँस लघुवित्तको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिने भएको छ ।

लघुवित्तले अघिल्लो वर्ष भने १६.९१ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्