कुमारी बैंकको कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा

kumari bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्काशनमा आवेदन दिने व्यवस्था मिलाईएको छ ।

श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोलि प्राथमिक सेयरमा आवेदन दिन सकिने छ । बैंकले शाखा अथवा अनलाइन माध्यम बाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीले प्रथमिक सेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको यस सुविधाले मद्दत गर्ने विश्वास गरिएको छ ।

आफ्ना देशव्यापी १ सय ९९ शाखा सञ्जाल, १ सय ९५ एटिएम, ६० शाखारहित बैंकिङ ईकाई तथा ३६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिकृया दिनुहोस्