लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश वितरण गर्ने, नगद र बोनस कति ?

Lumbini general insurance

  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई ७.३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र लुम्बिनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन भएसंगै सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्