कुमारी बैंकको २ लाख ९६ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

kumari bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले फागुन १६ गतेदेखि २ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त लिलामी सेयरमा अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन चैत १ गते बिहान १० बजे कुमारी क्यापिटलमा खोलिनेछ ।

प्रतिकृया दिनुहोस्