मेगा क्यापिटल र बिपिडब्लु लघुवित्तबीच सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता

  • बैंकिङ संसार
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

बुधबार एक कार्यक्रमकाबीच बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोख्रेल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्स लिमिटेडका मार्केटिङ डिपार्टमेन्ट हेड गिरी राज पोखरेल र मर्चेन्ट बैंकिङ इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको थियो ।

सम्झौतासंगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्