एनआईबिएल एस क्यापिटलद्वारा व्यवस्थित लगानी योजना सम्बन्धी सचेतना कार्यक्रम संचालन

NIBL ACE CAPITAL
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा सिटिटेकमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजारबारे जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजनाको बारेमा र खुलामुखी योजना अन्तर्गत रहेको व्यवस्थित लगानी योजना सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो ।

कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको धितोपत्र बजार सम्बन्धी अन्य सेवाहरु जस्तैः लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा छलफल भएको थियो र सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरिएको थियो ।

यस प्रकारको कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ ।

प्रतिकृया दिनुहोस्