एनआइसी एशिया लघुवित्तद्वारा १४.७५ प्रतिशत लाभांश घोषणा

nic asia capital
  • बैंकिङ संसार
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले १४.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १४.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

अघिल्लो वर्ष भने लघुवित्तले कर सहित ५.४१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्