नबिल बैंकमा एसबी सोलुसन्सद्वारा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक लाइभ





  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकमा एसबी सोलुसन्स् प्रा. लि. को एक अग्रणी सफ्टवेयर कम्पनीले क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ ।

क्याड मोड्युल एसबी सोलुसन्स्ले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्वपुर्ण मोड्युल हो। नबिल बैंकमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसगैँ करिब एक बर्षभन्दा बढि समय देखि यसको नियमित रुपमा उपयोग भईरहेको छ र यसले बैंकको स्वीकृति पत्रसँगै, क्रण तमसुक, प्रतिज्ञा पत्र, जमानतको लिखत आदि लगायत सम्पुर्ण कानुनी कागजातहरू छिटो र सजिलै तयार गदै आएको बैंकले जनाएको छ ।

नबिल बैंकले स्वीकृति पत्र र कानुनी कागजातहरु क्याड मोड्युलबाट तयार गर्न थालेको एक बर्ष पुरा भएसँगै एसबी सोलुसन्स्ले आफ्नो डिजिटल लेन्डिङ्गको यात्रामा एउटा कोसेढुङ्गा पार गरेको बताएको छ ।

डकुमेन्ट जेनेरेसन फिचरले बैंकलाई म्यानुअल प्रक्रियाबाट कागजातहरु तयार पार्न लाग्ने समय घटाई ग्राहकहरुलाई छिटो प्रशासनिक सेवाहरु प्रदान गर्न सहयोग गर्दै आएको छ । यो प्रणालीले बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरूलाई धेरै सहज बनाउने गरेको एसबी सोलुसन्स्ले जनाएको छ ।

क्याड मोड्युल मार्फत नबिल बैंकमा आफूहरुको सोलुसन सफलतापूर्वक कार्यान्वयन गर्न पाउँदा उत्साहित भएको एसबी सोलुसन्सका सीईओ मिश्रले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्